नवलपरासी । भूमि समस्या समाधान आयोग जिल्ला समिति नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले जिल्लामा सबैभन्दा पहिला सुनवल नगरपालिकाबाट कामको थालनी गर्ने जनाएको छ । समितीद्धारा गरिएको जानकारी अनुसार यस अगाबै सुनवलमा आयोग सन्बन्धी धैरे भईसकेकोले जिल्लामा सवै भन्दा पहिला सुनवलबाट कामको थालनी गर्ने जनाएको हो ।
सुनवलमा आयोजीत कार्यक्रममा आयोगका अध्यक्ष लालबहादुर गुरुङले शुसाशन पारदर्शीता सहित समितीले भष्टाचारमुक्त आयोगको रुपमा निरपक्ष भई काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नवलपरासी आयोगका अध्यक्षमा गुरुग सहित विज्ञ सदस्य राधा ढकाल तथा सदस्यहरु थानप्रसाद गैरे र सोमबहादुर रायमाझी(पप्पु)रहेका छन् । कार्यक्रममा भुमी आयोग नवलपरासीकी पुर्व संयोजक एवंम् सुनवल नगरपालिकाका प्रमुख बिमला अर्यालले भूमिहीन सुकुम्बासीले मेरो लालपूर्जा छ भनेर निर्धक्क निधाउन सक्ने अवस्था सिर्जना हुने गरी काम गर्न आग्रह गर्नुभयो । सुनवल नगरपालिकाले व्यवस्थित रुपले पूर्जा वितरणका लागि करिब अन्तिम चरणमा पुर्याएको जानकारी दिँदै उहाँले छिट्टै पूर्जा वितरण गर्नका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
आयोगका सदस्य सचिव एवं नापी कार्यालय परासीका प्रमुख कैलाशनाथ पाण्डेयले आयोगका लागि आवश्यक बजेट अभाव रहेकोले स्थानीय सरकारबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
प्रतिक्रिया