Developed By Kuldeep Sharma

माघ २५, २०८१

हुलाकी राजमार्गको विषयमा ः पुनः ध्यानाकर्षण


नवलपरासी । प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले हुलाकी राजमार्गको विषयमा सरोकारवालाहरुलाई पुनः ध्यानाकर्षण गराउनु भएको छ । अध्यक्ष यादवले प्रेस विज्ञप्ती जारी गर्दै नारायण चोकदेखि बेलाटारी हुलाकी राजमार्गको ६.५ किलोमिटर सडक समयमा निर्माण नगरिएको विषयमा ध्यानाकर्षण गराउनु भएको हो ।


यसअघि अध्यक्ष यादवले जनप्रतिनिधिहरुको रिले अनशन र आमरण अनशन गर्दै दवाद दिनु भएको थियो । आमरण अनशन बसेर दवाद दिनु भएका अध्यक्ष यादवलाई २०८१ असोज २ गतेदेखि काम शुरु गर्ने भनि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले जुस खुवाएर अनसन तोड्नु भएको हो ।


काम शुरु गर्ने भनिएपनि हालसम्म काम शुरु नहुँनु दुखद भएको भन्दै अध्यक्ष यादवले अझै पनि सम्बन्धित पक्षहरु गम्भीर नभए कडा संघर्षको बाटो अख्तियार गर्ने चेतावनी दिनुभएको छ ।


सो सडकखण्ड बज्र महालक्ष्मी जे.भी.कम्पनीले ठेक्का लिएको ६ पुगेको छ । यस अघि प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवले शुरुगर्नु भएको आन्दोलनका कार्यक्रमलाई अन्य ६ वटै पालिकाले एक्यवद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By kosikhabar