सारिका चौधरीको आयोजनामा तिज बिशेष सांस्कृतिक कार्यक्रमको आयोजना ( फोटो फिचर सहित )

नवलपरासी । नारीहरुको महानपर्व हरितालीका तिजको अवसरमा माननीय विनोद चौधरीकी धर्मपत्नी सारिका चौधरीको आयोजनामा महिलाहरुका लागी तिज बिशेष सांस्कृतिक कार्यक्रमको सम्पन्न गरिएको छ ।
बर्दघाट ७ जोमिरेभार स्थित माननीय विनोद चौधरीको सचिवालयमा महिला समुदायलाई लक्षीत गरी नारीहरुको महानपर्व हरितालीका तिजको अवसरमा तिज बिशेष सांस्कृतिक कार्यक्रमको सम्पन्न गरिएको हो ।
एक दिन भएपनि महिलाहरुले घरको कामलाई बिर्षेर रमाउन भन्ने उदेश्यले तिज बिशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको माननीय. बिनोद चौधरीकी धर्मपत्नी एवंम् चौधरी फाउण्डेसनकी सचिव सारिका चौधरीले बताउनभयो ।


उक्त तिज बिशेष सांस्कृतिक कार्यक्रममा नवलपरासीका विभिन्न क्षेत्रका महिला जनप्रतिनिधी सहित सयौं महिलाहरुको सहभागीता रहेको थियो । सो कार्यक्रममा राष्ट्रिय कलाकार भुमीका गिरी सहित स्थानिय कलाकारहरुको प्रस्तुतीकरण समेत रहेको थियो ।
यसरी महिलाहरुको महान पर्व हरितालीका तिजको अवसरमा माननीय विनोद चौधरीकी धर्मपत्नी सारिका चौधरीको आयोजनामा महिलाहरुका लागी तिज बिशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएकोमा सहभागीहरुले माननीय चौधरीकी धर्मपत्नी सारिका चौधरीलाई धन्यवाद समेत दिएका थिए ।


सो अवसरमा नेपाल महिला संघकी केन्द्रिय सदस्य कमला तिवारी , जिल्ला अध्यक्ष तारा भण्डारी , नेपाली कांग्रेस नवलपरासीकी महाधिबेशन प्रतिनिधी मन्जु कण्डेल , लगायतले आ आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस नवलपरासीकी जिल्ला कार्य समिती सदस्य बिमला उपाध्यायले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा नेपाल महिला संघ नवलपरासीकी अध्यक्ष तारा भण्डारीलाई फाउण्डेसनकी सचिव एवंम् समाजसेवी सारिका चौधरीले स्वागत सहित सम्मान प्रकट गर्नुभएको थियो ।
सारिका चौधरीको पहलमा चौधरी फाउण्डेसन मार्फत नवलपरासीमा महिलाहरुका लागी विभिन्न सिपमुलक तालीम सहित विभिन्न सामाजीक कृयाकलाप हुदै आएको छ । फोटो फिचर सहित )..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0