सांसद चौधरीको पहलमा प्रतापपुर गाउँपालिकाको नयाँ भवन बन्ने

नवलपरासी । नवलपरासी पश्चिम क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीको विशेष पहलमा प्रतापपुर गाउँपालिकाको मुख्य प्रशासकीय भवन निर्माणका लागि सरकारले जग्गा उपयोग गर्न स्विकृती दिएको छ । यो निर्णयसँगै प्रतापपुर गाउँपालिकाको छुट्टै भवन निर्माण भई सेवाग्राहीलाई सजिलो हुनेछ ।   हाल पश्चिम नवलपरासीको विभिन्न गाउंपालिकाहरुले पुराना साविकको गाविस भवन अथवा भाडाको भवनमा पालिका संचालन गर्दै आएका छन् । नयाँ भवन निर्माणका लागि गाउँपालिकाका प्रमुख उमेश यादव र स्थानीय जनप्रतिनिधीहरूले पहल गर्दै आएका थिए । नवलपरासी (ब.सु.प.) को प्रतापपुर हेल्थपोस्टको नाममा रहेको जग्गा प्रतापपुर गाउँपालिकालाई प्रशासकीय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय भएको हो । यस निर्णयले स्थानीयवासी खुसी भएका छन् ।

No description available.

यस निर्णयका लागि सांसद चौधरीले सरकारसमक्ष विशेष भुभिका निर्वाह गरेका थिए । आफ्नो निर्वाचन क्षेत्रका सबै पालिकालाई व्यवस्थित गर्ने योजना अनुसार उनले यस्तो पहल गरेका थिए ।

Nepal’s richest Binod Chaudhary is 1306th on Forbes list

सांसद चौधरीले स्थानीय नागरिकलाई विना झन्झट स्थानीय निकायबाट सेवा पाउँने वातावरण बनाउन पालिकाहरुलाई आग्रह गर्नुका साथै नागरिकले पाउँने सेवाको अनुगमनको व्यवस्था मिलाएका छन् । सांसद चौधरीले यस निर्णयका लागि नेपाल सरकार र सम्वन्धित मन्त्रालयलाई धन्यवाद दिएका छन् । सांसद चौधरीका अनुसार सबैको प्रयासबाट गाउंपालिकाको भवन निर्माण अगाडि बढ्नेछ । विकासका लागि सबैले हातेमालो गरौं आफुसमेत सो कार्यमा एक जिम्मेवार जनप्रतिनिधिको रुपमा लागीराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0