पर्यटन क्षेत्रमा आवद्ध व्यवसायीहरु संगठीत

पश्चिम नवलपरासीमा विभिन्न पर्यटन क्षेत्रमा आवद्ध व्यवसायीहरु एकिकृत भएका छन । जिल्लाभरी छरिएर रहेका बिभिन्न क्षेत्रका पर्यटन ब्यवसायीहरु संगठीत भएका हुन् । जिल्लामा गरिएको बृहत भेलाबाट नेपाल यशोशियसन अफ ट्रावल एण्ड टुर एजेन्ट , ( नाटा ) को जिल्ला कार्य समिती समेत चयन गरेर व्यवसायीहरु एकिकृत भएका हुन् ।

नाटाले पर्यटकको क्षेत्र विविध कार्य गर्ने योजना रहेको पश्चिम नवलपरासीका  नेपाल यशोशियसन अफ ट्रावल एण्ड टुर एजेन्टका , ( नाटा ) अध्यक्ष भोला पराजुली ले बताउनु भयो नाटा जिल्लामा पर्यटनको क्षेत्रमा काम गर्ने ठुला प्रकृतिका होटल व्यवसायी , ट्रावल एण्ड टुर लगायतमा आबद्ध ब्यसायी आबद्ध भएका छन् ।नाटाले जिल्लाको समग्र पर्यटनको विकासमा काम गर्ने लक्ष्य लिएको छ । नेपाल यशोशियसन अफ टुर एण्ड ट्रावल एजेन्ट , नवलपरासी नवलपरासीमा समेत पर्यटन ब्यसायीहरु मिलेर ( नाटा ) को कार्य समिती स्थापना संगै जिल्लाको पर्यटन ब्यवसायीलाई थप टेवा पुग्ने बिश्वास लिईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0