चौधरी फाउन्डेशनको सहयोगमा ठेलागाडा सहित नगद

चौधरी फाउन्डेशनको सहयोगमा पश्चिम नवलपरासीका विभिन्न स्थनमा महिला उद्यमीहरुलाई प्रोत्साहन स्वरुप ठेलागाडा उपलब्ध गराईएको छ ।फाउन्डेशनको सहयोगमा हालसम्म कुल १५ वटा ठेलागाडा साथै जनही रु पांच हजारको दररले निशुल्क अनुदान प्रदान गरिएको जनाईएको हो ।
समाजमा केही गरिखाने सोच बोकेका  उद्यमी महिलाहरुलाई फाउन्डेशनले नगद र ठेलागाडा सहयोग गर्दै आएको फाउन्डेशनकी केन्द्रिय सचिव एवंम् समाजसेवी सारिका चौधरीले जानकारी दिनुभयो । चौधरीले यस्तो सहयोगको कार्यक्रमलाई निरन्तरता दिने दावी समेत गर्नुभयो ।


फाउन्डेशनले पश्चिम नवलपरासीको बर्दघाट नगारपलिका यसैगरी प्रतापपुर र सूस्ता गाउंपालिका अन्तर्गतका महिलाहरुलाई ठेलागाडा र नगद उपलब्ध गराएको हो ।

ठेलागाडा तथा अनुदान रकम प्राप्त गरेका महिला उद्यमीहरुले चौधरी फाउन्डेशनले आफुहरुलाई सानै भएपनि व्यवसायीको रुपमा अघि बढ्न मद्द गरेको भन्दै खुसी व्यक्त गरेका छन् । फाउन्डेशनले पछिल्लो समय नवलपरासीका शिक्षा , स्वास्थ्य , रोजगार लगायतका क्षेत्रमा विभिन्न सामाजिक काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0