दम्पती हत्याको अनुसन्धान गर्न सिआईबिको टोली नवलपरासीमा

नवलपरासी ।नवलपरासीको प्रतापपुर गाउँपालिका-८ मा गत सोमबार दम्पती हत्या भएको थियो। सो घटनाको अनुसन्धान गर्न सिआईबिको टोली नवलपरासी आइपुगेको छ ।५ दिन अघि मात्र पश्चिम् नवलपरासी आइपुगेको उक्त टोलिले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

प्रतापपुर -८ पथलहनी बस्ने ५५ वर्षीय तिलकराम भेडिहार र उनकी श्रीमती ५० वर्षीया निर्मला भेडिहारको बीभत्स हत्या भएको हो। उनीहरूको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सिआइबीको र जिल्ला प्रहरी कार्यालयको टोलीले संयुक्त रूपमा उक्त हत्याको अनुसन्धान गरिरहेको बताउनुभयो ।

उहाँका अनुसार अनुसन्धानमा अपराधीको नजिक पुगिसकेको छ। अपराधीले घटना होसियारीपूर्वक घटाएकाले सामान्य प्रमाणसमेत छोडेका छैनन्। जिल्ला प्रहरी कार्यालयले उक्त घटनामा अनुसन्धान गर्दा अपराधी नजिक पुग्न नसक्दा केही दिन देखि सिआइबीको दुई टोली पनि आएर अनुसन्धानलाई अगाडि बढाएको उपरीक्षक पाण्डेले जानकारी दिनुभयो।

हत्या भएको दम्पती सोही वडामा रहेको बैरिहवा भन्ने गाउँमा बसोबास गर्दै आइरहेका उनीहरू सामान्य खेतीपातीसँगै भैँसीपालन गरी जीविका चलाउँदै आइरहेका थिए। उनीहरूका सन्तान उक्त गाउँमै बस्दै आए पनि दम्पती भने गाई भैँसीलाई रेखदेख गर्नको लागि पथलहनीमा बस्दै आएका थियो। उनीहरूको हत्यापछि शवलाई गोठ अगाडि आगनमा फालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0